किडपावर नेपाल र लक्ष्मी सन्‌राइज बैंकको पहलमा दुई सय बढी किशोरीहरूलाई आत्मरक्षा तालिम

काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सन्‌राइज बैंकको सौजन्यमा काठमाण्डौं उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीनैवटा जिल्लाहरूमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

तालिम प्रदान गरिएका विद्यालयहरू (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत भाद्र २५, २०८१ देखी भाद्र २८, २०८१ सम्म संचालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरू, सहायक प्रधान अध्यापकहरू, शिक्षकहरू लगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरूको उपस्थितिमा उक्त तालिम संचालन गरिएको थियो ।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्री गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्धक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यसको प्रभावकारिता अझ बढ्ने बताए ।

यसैगरी श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधान अध्यापक मीन बहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरू शिक्षकमार्फत अन्य विद्यार्थीहरूलाई सिकाइने बताए । साथै, उनले छात्राहरूको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरूमा समेत तालिम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।

यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायत शिक्षकहरूलाई समेत दिन सके यसले संरक्षित वातावरणमा पठन पाठनमा सहयोग पुलक्ष्मी सन्राइज बैंयाउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक वन्दना घिमिरेको भनाई रहेको थियो ।

यस प्रकारका प्रशिक्षणहरू अत्यन्त आवश्यक रहेकाले निरन्र्तताकालागि आदर्श माध्यमिक विद्यालयका प्रधान अध्यापक श्री राम बाबु रेग्मीले आग्रह गरेका थिए ।

उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भनेँ किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो ।

सुषमा पोखरेलका अनुसार दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरू बढ्दै गैरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरू सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताए ।

प्रशिक्षणका क्रममा सहभागी किशोरीहरूले सुरक्षाका विभिन्न समस्याहरू बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *