सिद्धार्थ बैंकले अमरसिंह माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्‍यो बहुउद्देश्यीय हल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले निर्माण गरेको दृष्टिविहीन शाखा श्री अमरसिंह माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको उद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।

उक्त हलको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्ण प्रसाद कोइरालाद्वारा गरिएको छ ।

बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयलाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ ।

यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पुरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरहरू मार्फत विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइन मार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो स्थापनाकालबाट नै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *