जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ : सांसद कार्की

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.तोसिमा कार्कीले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताएकी छन् ।

नेपाल प्रेस सोसाइटीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद कार्कीले जनताप्रति जवाफदेही भएर काम गर्न सके मात्रै देश बन्ने बताइन् । उनले भनिन्,“अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ, जनता र देशप्रति जवाफदेही बन्नुपर्छ ।”

कार्यक्रममा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौँमा हुन लागेको जानकारी दिँदै उक्त भेलामा मुख्यरुपमा अधिवेशनका विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *