मन्त्रिपरिषद् बैठक

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

आज नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न प्रस्ताव गरेका थिए ।

सोही अनुरुप सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तोकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *