घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलको १४९ रुपैयाँ कायम भएको छ ।

पहिलो वर्ग अन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र बीरगञ्जमा पेट्रोलको मुल्य १५६.५ रुपैयाँ र डिजेल र मट्टितेलमाको मुल्य १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ । त्यस्तै दाङ र सुर्खेत(दोस्रो वर्ग) मा पेट्रोल तथा डिजेल र मट्टितेलमा १५८ रुपैयाँ र १४८ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *