पेट्रोल लिटरमै ४ रुपैयाँले घट्यो, अब कहाँ कति पर्छ ?

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजैदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।

निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *