नारायणगढ-मुग्लिन सडक

नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर । नारायणगढ-मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत कार्य सुरु भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *