इस्लाम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन नेपाली इस्लाम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज (सोमबार) सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *