हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्बिरहरू)

काठमाडौँ । इन्द्रजात्राको दोस्रो दिन, आज काठमाडौँको हनुमानढोका दरबार परिसरमा पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको छ ।

बाल कन्यालाई कुमारी पूजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न रोगव्याधीबाट बच्न सकिने जनविश्वास रहीआएको छ । कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने समेत विश्वास छ ।

विधिवत् पूजा सकिएपछि सांस्कृतिक बाजागाजासहित कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारस्थित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताको दर्शन गराइएपछि कुमारी पूजा समापन गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *