रवि लामिछानेलाई कारबाही गर्न समितिको सिफारिस

काठमाडौं ।सहकारी छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा कारबाहीका लागि सिफारिस गरेको छ ।

समितिका सभापति सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदमा पेस गरेको प्रतिवेदनमा लामिछानेलाई कारबाहीका लागि सिफारिस गर्ने उल्लेख छ ।

सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीको ६५ करोड रकम अपचलन गरेको निष्कर्ष निकालेको हो ।

समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

समितिको प्रतिवेदनमा भनिएको छ– ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *