कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएकी छन् । सोमबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन् ।

विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै उनले राजीनामा दिएकी हुन् । उनी २०७९ फागुन २९ मा सचेतक नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *