जेल जाने पक्का भएपछि रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भ्रम फैलाए : मुकुल ढकाल

काठमाडौं ।डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा जेल जाने पक्का भएपछि ‘क्लिन चिट’ पाएको भनेर भ्रम फैलाएको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपाका निष्काशित महामन्त्री ढकालले सो कुरा बताएका हुन् ।

उनले लेखेका छन्,‘जेल जाने पक्का पक्की भएपछी लाज शरम केहिको मतलव नगरी रवि लामिछानेले न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भनेर भ्रम फैलाएछन् ।उनीलाई आफु बाहेक अरू कसैको केहि मतलव छैन भन्ने कुरा फेरी पुष्टी भएको छ । यिनी आफु जेल जाने निश्चित भयो , छानविन समितिले नामै किटान गरेर दोषि भनिसक्यो, कारवाहि सिफारिस गरिसक्यो । कम्तिमा आफैँ पढ्ने आँट गर्नुहोस् , यी स्वार्थिले तपाईंहरूको जिन्दगीमाथि पनि सोझै खेलबाड गरिराखेका छन्, होस पुर्‍याउनु । सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम ‘सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख छ । ऐनको दफा १२४ को उपदफा (१) (घ) बमोजिम १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैद’ हुने व्यवस्था छ। रवि लामिछानेको हकमा यी दफा लागू हुन्छ ।प्रतिवेदन लेखनका क्रममा यी दफा नै तोक्ने भन्दा , प्रचलित कानुन भन्ने शब्दले रिप्लेस मात्र गरेको हो । कुरो त्यति मात्र हो । माथिको कारबाही बाहेक पनि,कर छलि,कागजात किर्ते लगायतमा पनि दोषि देखिएकाले त्यसमा थप कारवाहि हुनेछ ।’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार रवि लामिछाने सहितलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

तर,रवि लामिछानेले भने आफुले क्लिन चिट पाएको बताएका छन् । यसै विषयलाई लिएर ढकालको स्टाटस आएको हो । छानविन समितिले लामिछाने लगायतलाई कारबाहीका लागि सिफारिस गरेको प्रतिवेदन समेत सार्वजनिक गर्दै ढकालले भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *