म्यानमारको नेपी तावमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो

काठमाडौं । मध्य म्यानमारको नेपी ताव केन्द्र शासित प्रदेशमा आएको बाढीमा ४७ हजार एकडभन्दा बढी मनसुन बाली डुबानमा परेको छ ।

प्रतिवेदनका अनुसार यस सिजनमा केन्द्र शासित प्रदेशमा कुल ३ लाख ४५ हजार एकडमा मनसुन बाली खेती गरिएको थियो । तीमध्ये ४७ हजार एकडभन्दा बढी बाढीले डुबानमा परेको छ ।

बाढीले १७ हजार एकडभन्दा बढी बालीमा क्षति पु¥याएको र तीमध्ये ३ हजार ९ सय एकड पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले जनाएको छ ।

कृषि, पशुपंक्षी तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त बाली पुनः खेती गर्न र क्षतिग्रस्त र बाढीले बालीमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न लगायतका राहत कार्यहरू गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यागी आँधी र बंगालको खाडीको मनसुनी प्रभावका कारण म्यानमारका धेरैजसो भूभाग, नेपी ताव केन्द्र शासित क्षेत्र लगायतका क्षेत्रमा ठूलो बाढी आएको छ ।

सेप्टेम्बर १४ सम्म बाढीले ११० भन्दा बढी व्यक्तिको मृत्यु र ६० भन्दा बढी बेपत्ता भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *