प्रेस विज्ञप्ति

इसेवाको दशैं–तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने !

काठमाडौँ । इसेवाले यसपालिको दशै९तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा NAMMI को दामी कार’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने
सकिनेछ ।

यसका साथै, १०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले  iPhone १६ पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार मात्र १०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ ।

उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलवार इसेवाका विभिन्न सेवाहरुः मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।

यी अफरहरूबारे थप जानकारीहरू इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *