दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी, राजीनामा दिँदै केजरीवाल

काठमाडौं । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । आम आदमी पार्टीकी नेतृ तथा दिल्ली सरकारकी मन्त्री आतिशी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

वर्तमान मुख्यमन्त्री केजरीवालको निवास सिभिल लाइन्समा बसेको पार्टीको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

हाल उनी दिल्ली सरकारमा अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयसहित छवटा मन्त्रालय सम्हालिरहेकी छन् ।

वर्तमान मुख्यमन्त्री केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *