पहिले देश बचाऔं अनी राजनीतिक मैदानमा प्रतिस्पर्धा गरौँला : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

नेपाल पर्वतारोहण सङ्घले मङ्गलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए । सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो ।

उनले भने– ‘नेपाली काँग्रेस पार्टी र नेकपा (एमाले) एक ठाउँमा उभिनुको पछाडि यो स्वभाविकता र सहजता छैन । किन छैन भने दुई वटा पार्टी मूल प्रतिस्पर्धी पार्टीहरू हुन् । तर हामीले देशको जुन अप्ठ्यारो देख्यौँ । देशको जुन खालको जटिलता देख्यौँ । देशमा आएका समस्याहरूको उचाइ देख्यौँ । समस्याहरूको आकार देख्यौँ । हामी एक ठाउँमा उभिन तयार भयौ । एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं । हामी सबै प्रकारको समाधान दिन चाहन्छौं । केवल दुई पार्टीको मनोमानी र सिन्डिकेट कायम गर्ने होइन । यसमा माओवादी जोडन चाहन्छौं, समाजवादी जोड्न चाहन्छौं । लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं । त्यो दिशामा तत्काल क्षेत्रका व्यक्तिहरूले पनि यतिखेर प्रतिद्धन्दीताको समय होइन । यतिखेर एकले अर्कालाई खुट्टा तान्ने समय होइन । यतिखेर सहकार्य गर्ने समय हो । होष्टेमा हैँसे गर्ने समय हो । हामी सबै मिलेर पहिले देश बचाऔँ । देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ । हाम्रो व्यवसाय बच्छ । सबै कुरा बच्छ । त्यसपछि हामीले बचाएको देशको मैदानमा, हामीले बचाएको देशको राजनीतिक मैदानमा हामी बल्ल प्रतिस्पर्धा गर्नसक्छौं । व्यावसायिक मैदानमा बल्ल प्रतिस्पर्धा गर्न सक्छौँ । यही कुरा म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु–काँग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म अब सबै वर्ग, क्षेत्रले बुझेर, त्यो कुरालाई अनुभूति गरेर हामीले एकताको बाटोबाट कम्तीमा २०८४ सम्म नेपाललाई एउटा गति दिने, नेपालले जुन खालको अप्ठ्यारा र जटिलता व्यहोर्नुपरेको छ । त्यसलाई चिरेर अगाडि बढ्ने, नेपाललाई एउटा स्थिर शासन पनि दिने, नेपाललाई एउटा स्थिर अर्थतन्त्र पनि प्रदान गर्ने गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा हामी अगाडि बढ्नेछौँ ।’

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवर्द्धनमा सरकार सदैव प्रतिबद्ध रहेको पनि बताए । त्यस अवसरमा उहाँले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरूलाई सचेत पनि गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *