चितवनलाई फेरि जान्नेलाई छान्ने चान्स आउने भयो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा उपनिर्वाचन गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले रास्वपाका सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *