माओवादीलाई सरकार बाट हटाएर संविधान संशोधन हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नसक्ने बताएका छन् ।

उनले माओवादी केन्द्रसहित साना दलहरूलाई सरकारबाट हटाएर संविधान संशोधन हुन नसक्ने बताए ।

संविधान दिवसको अवसरमा कुराकानी गर्दै गर्दै शर्माले संविधान संशोधनको विषय प्रवेश गर्दा खेरी नै अलिकति गल्ती भएको टिप्पणी गरे ।

माओवादीलाई सरकारबाट हटाएर राष्ट्रिय सहमतिको सरकार बनायौँ भन्न नमिल्ने महामन्त्री शर्माले बताए ।

‘संविधान संशोधनको विषय प्रवेश गर्दा खेरी नै सायद अलिकति हामीबाट कमजोरी भयो कि ? भन्ने समीक्षा काँग्रेस–एमालेले गर्नुपर्ने भएको छ । किनभने माओवादीलाई सरकारबाट हटाएर हामीले अब राष्ट्रिय सहमतिको सरकार भन्यौँ,’उनले भने,‘संविधान निर्माणमा एउटा महत्वपूर्ण अंशियार रहेको माओवादीलाई सरकार बाट हटायौँ अनि हामीले भन्यौँ यो संविधानमा संशोधन । यसले माओवादीलाई आवेगमा थोरै पर पुर्‍यायो । माओवादी पार्टीलाई विश्वासमा लिनै परेको छ । पुराना दलमध्ये माओवादीलाई विश्वासमा लिने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *