दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी
मकालु खबर
२०८१ असोज २ गते
काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले प्रसाईँसँगै प्रसाईँसँगै युट्युबर जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले व्यवसायी प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रसाईँ बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक हुन् ।
तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोप छ ।
मकालु खबर
२०८१ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित