पक्राउ पुर्जी जारी भएपछि पत्रकार सम्मेलन गर्दै प्रसाईँ

काठमाडौं । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने प्रसाईँले मकालुखबरलाई जानकारी दिए ।

आफूलाई सरकारले प्रतिसोध साँध्न पक्राउ पुर्जी जारी गरेको बताउँदै प्रसाईँले पत्रकार सम्मेलनबाट थप कुरा सार्वजनिक गर्ने बताए ।

‘मलाई पक्राउ पुर्जी जारी भएको खबर पाएँ,’ उनले मकालुखबरसंग भने, ‘केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्दै छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *