रास्वपामा सभापतिको अपराधको भारी कसले बढी बोक्छ भन्नेमा प्रतिस्पर्धा : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति रवि लामिछानेको अपराधको भारी कसले बढी बोक्छ भन्नेमा प्रतिस्पर्धा रहेको बताएका छन् ।

बुधवार नेपाली कांग्रेसको सय दिने विशेष अभियानको केन्द्रिय प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले सहकारीमा गरेको अपराधको भारी कसले बढी बोक्छ भन्नेमा नेताहरुमा प्रतिस्पर्धा छ । नाम पार्टीको स्वतन्त्र छ,मान्छे पनि स्वतन्त्र रहेछन् । सबैले तालि बजाएका छन् ।’

महामन्त्री थापाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको रहेको बताए ।उनले सहकारी पीडितको बचत रकम फिर्ताका लागि आफुहरु लागिपर्ने समेत बताए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले लामिछाने लगायतलाई कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *