अन्तर्राष्ट्रिय बाँस दिवस

देशलाई बाँसमा आत्मनिर्भर बनाइनेछ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय बाँस दिवसको अवसर पारेर बुधवार काठमाडौँमा पारिवारिक निजी वन सङ्घ र ग्रीन फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।

“बाँसमा आन्तनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गरिनेछ, तिनै तहका सरकराले विषेश ध्यान दिएर बाँस उत्पादन बढाउनुपर्छ”, उनले भने, “पहिरो नियन्त्रण गर्न, भूक्षय रोक्न, आर्थिक सुधारका लागि बाँसको महत्त्व छ, बाँसलाई महत्त्वपूर्ण पार्टका रुपमा विकास गर्नेछौँ, यसका लागि अन्तरसरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्नेछौँ ।”

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा.राजेन्द्र केसीले विश्वमा १५ सय बाँस रहेको र नेपालमा भने ५२ प्रजातिका बाँस पाउने भन्दै विश्वमा नपाइने सात प्रजातिको बाँस नेपालमा पाउने जानकारी दिए ।

“बाँसको अनेक तरिकाले प्रयोग गर्ने भएकाले यसको निर्यातको सम्भावना रहेको छ ।बाँसको उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्नसकेमा मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ, चुरेमा पहिरो नियन्त्रणका लागि बाँस उत्पादन बढाउन जरुरी छ”उनले भने ।

वनविद् तथा पूर्ववन सचिव डा.अन्नपूर्णनन्द दासले नेपाली बजारमा तामाको सम्भावना रहेको र विदेशी बजारमा भने बाँस निर्यात गर्न सकिने बताए । सामुदायिक वन अभियन्ता धनश्याम खड्काले बाँसको उत्पादनले आर्थिक विकास तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए ।

पारिवारिक निजी वन सङ्घका अध्यक्ष जोगराज गिरीले बाँसको महत्त्वकाबारे उजार गर्दै सरकारले बाँसखेती प्रवर्द्धनको नीति लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *