काठमाडौं महानगर उपप्रमुख डंगोल अमेरिका प्रस्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन बुधवार अमेरिका प्रस्थान गरेकी छन् ।

उनीसंगै डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भरत जोशी,युवा नेता अब्दुस मियाँ पनि महासभाका लागि अमेरिका प्रस्थान गरेका छन् ।

महासभाको कार्य तालिकाअनुसार असोज ६ र ७ गतेको कार्यक्रममा उपप्रमुख डंगोलको सहभागिता रहनेछ । उपप्रमुख डंगोलले संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनेछिन् ।

नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले असोज १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *