संविधानमा सुधार र परिमार्जन गर्न आवश्यक छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ९औँ संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले संविधान दिवसको आठ वर्ष पूरा भएको अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका हुन् ।

नेपाली जनताको सपना र संघर्षको चर्चा गर्दै उनले संविधानको महत्त्व र आवश्यकता औँल्याएका छन् । सन्देशमा नेता कोइरालाले नेपालको वर्तमान संविधानको निर्माण प्रक्रिया ७० वर्ष अगाडि सुरु भएको भन्दै यसमा नेपाली कांग्रेसका नेता बिपी कोइरालाको भूमिका उल्लेख गरे ।

संविधानले व्यक्तिका अधिकार र कर्तव्यलाई परिभाषित गरेको बताउँदै, डा. कोइरालाले नेपालको संविधान विश्वभर प्रशंसनीय भएको उल्लेख गरेका छन् । डा. कोइरालाले संविधानलाई गतिशील दस्ताबेजको रूपमा प्रस्तुत गर्दै यसलाई सुधार र परिमार्जन गर्न आवश्यक भएको औँल्याए । उनले सत्तामा रहेका नेताहरूले संविधानको सही कार्यान्वयनमा ध्यान नदिएर संविधानको मूल मर्ममा चोट पुर्‍याएको उल्लेख गरे ।

उनले सबै नेपालीलाई संविधानको सम्मान गर्दै देशको भविष्य निर्माणमा सक्रिय रुपमा संलग्न हुन आग्रह गरे । ‘संविधानले नेपाल र नेपालीलाई राजनीतिक र भावनात्मकरूपले जोडेको छ,’ उनले भने, ‘यसलाई हाम्रो साझा उपलब्धि र भविष्यको दस्ताबेजका रूपमा लिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *