संविधान दिवसको शुभकामना

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रता उपयोग गर्दै भविष्य सुरक्षित गर्न आग्रह गरेका छन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले संविधानले विभिन्न विचारधारा, समुदाय, भूगोल, लिङ्ग, जात र धर्मलाई समान रुपमा संरक्षण दिएको कुरा उल्लेख गरेका छन् ।

उनले संविधानको महत्त्व झल्काउँदै भने, ‘संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ । लामो समयदेखि जनताले भोगेको निरङ्कुश शासनलाई आजको पुस्ताले कहिल्यै बिर्सनु हुँदैन ।’

ओलीले अगाडि भने, ‘स्वतन्त्रता गुम्दा समाज निरङ्कुशतामा कस्तो अवस्थामा पुग्छ भन्ने सम्झिँदा, दुई दशक अगाडिको समाजको चित्र मस्तिष्कमा आउँछ । संविधानले दिएको स्वतन्त्रताको सही प्रयोग गरेर हामीले भविष्य सुनिश्चित गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *