एकाबिहानै बाइक पल्टिदा दुई युवकको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । बिहीबार बिहान घोराही-लमही सडकखण्डको बेलदमार भएको दुर्घटनामा परी गम्भीर भएको उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरू लमही नगरपालिका-६ बेलदमारमा दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *