टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ संविधान दिवस मनाइएको छ । बिहीबार सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो ।

संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौंको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *