६ हजार ५ सय जनालाई निः शुल्क कृत्रिम खुट्टा वितरण (तस्बिरहरु)

काठमाडौं । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा निः शुल्क कृत्रिम खुट्टा वितरण गरेको छ ।

संविधान दिवसको अवसरमा मारवाडी सेवा समिति, पशुपति गौशाला धर्मशाला एवं बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयले संयुक्त रुपमा नि ः शुल्क कृत्रिम खुट्टा वितरण गरेका हुन् ।

संविधान दिवसको अवसरमा ६ हजार ५ सय जनालाई कृत्रिम खुट्टा वितरण गरिएको पशुपति गौशाला धर्मशालाका महासचिव राजेश अग्रवाले जानकारी दिए ।

समाजमा भएका अपाङ्ग व्यक्तिहरूलाई कृत्रिम खुट्टा दिएर सक्षम बनाउने उद्देश्यका साथ कृत्रिम खुट्टा वितरण गरिएको उनले बताए ।

उनले उपत्यका मात्र नभएर जिल्ला बाहिर पनि उक्त कार्यक्रम गर्दै आएको बताए । काठमाडौंमा सेवा लिन आउनेहरूको लागि बस्न खानको पनि संस्थाले नै व्यवस्था गरेको उनले बताए ।

आफ्नो सहयोगका कारण धेरै जनाको जीवनमा सकारात्मक प्रभाव परेको उनले बताए । एउटा खुट्टाको २५ हजारको दरले आजको कार्यक्रममा ९ ओटा कृत्रिम खुट्टा आउने रकम दान आएको अग्रवाले जानकारी दिए ।

बागमती प्रदेशका स्वाथ्यमन्त्री किरण मगर र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *