खारिएका गुल्सन, जसले बनाए नयाँ रेकर्ड (भिडिओ)

काठमाडौं । गुल्सन झा नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् । टिममा आफ्नो स्थान बनाइरहने गुल्सन नेपालका स्टार अलराउण्डर हुन् । गुल्सन नेपाललाई सङ्कटबाट मुक्त गर्ने भरपर्दा अलराण्डर हुन् । जसमा गुल्सनले आफूलाई प्रमाणित पनि गरिसकेका छन् ।

२०७७ सालबाट नेपाली क्रिकेटमा उदाएका गुल्सन आफ्नो दरिलो उपस्थिति जनाइरहेका छन् । गुल्सन बायाँ हाते ब्याटर हुन्, अनि दायाँ हाते फास्ट बलर । सटिक पेस र बाउन्सरको समिश्रण हुन गुल्सन । पछिल्लो समय बलिङमा मात्रै नभएर ब्याटिङमा पनि अब्बल बन्दै गएका छन् गुल्सन ।

टी–२० विश्वकपमा एक रन जोड्न नसकेको भन्दै गुल्सनको केहीले आलोचना गरे पनि उनी फेरी आफ्नो लयमा फर्किएका छन् ।

बुधवार राति ओमानसँग भएको खेलमा गुल्सनले अलराण्ड प्रदर्शनसहित नेपालका लागि नयाँ रेकर्ड दर्ज गरे । गुल्सनले आक्रामक अर्ध शतक प्रहार गरे । उनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाए ।

यति मात्रै होइन, उनले बलिङ पनि उत्कृष्ट गरे । उनले एकैखेलमा पाँच विकेट लिए ।१० ओभर बलिङ गरेका उनले दुई मेडन फ्याँक्दै ४७ रन खर्चिएका थिए ।

ओमानविरुद्धको प्रदर्शनसँगै नेपाली क्रिकेट टिमबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक र पाँच विकेट लिने गुल्सन पहिलो खेलाडी बने । गुल्सनले पाँच विकेट लिए पनि टिमको हार भने टार्न सकेनन् । गुल्सनको अलराउन्डर प्रदर्शनका बाबजुद नेपाली टिम ओमानसँग एक विकेटले पराजित हुन पुग्यो । नेपालले प्रस्तुत गरेको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर भेट्टायो । अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ओमानलाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

अन्तिम ओभरको पहिलो बलमा नेपालका सोमपाल कामीले एक रन दिए । दोस्रो बल चौका हुँदा ओमानलाई जितका निम्ति चार बलमा तीन रनको आवश्यकता थियो । सोमपालले तेस्रो बल डट फ्याके । चौथो बलमा एक रन खर्चिए पनि पाँचौँ बल चौका हुँदा ओमानले नेपाललाई एक विकेटले निराश बनाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *