संविधान दिवसको विरोधमा जनकपुरमा लोसपाको र्‍याली

काठमाडौँ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवसको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विरोध र्‍याली निकालेको छ ।

मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताहरूले संविधान दिवसको विरोधमा कालोपट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका हुन् । लोसपाका नेता कार्यकर्ताहरूले प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा विरोध प्रदर्शन गरे ।

जनकपुरधामको विभिन्न चोकको परिक्रमा गर्दै उनीहरुले विरोधमा नाराबाजी समेत गरेका थिए । विरोधको क्रममा सहभागीहरूले यो विभेदपूर्ण संविधानले मधेसी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेसी जनताको अधिकारको ग्यारेन्टी हुनेगरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताए ।

नेता सोनलले नेपालको संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *