प्रेस विज्ञप्ति

एनसेलको स्पष्टोक्ती– इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको छैन

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको स्पष्ट पारेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै एनसेलले उक्त स्पष्टोक्ती दिएको हो ।

एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको बताएको छ ।

एनसेलले यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत प्रतिबद्ध जाहेर गरेको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको उल्लेख गरिएको छ ।

एनसेलले एक जिम्मेवार सेवा प्रदायकको रूपमा सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ । एनसेलले विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने बताएको छ ।

एनसेल कम्पनीले निर्णयहरू सधैँ नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसंग सम्बन्धी हुने भएको भन्दै एनसेलसंग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नु अघि आधिकारिक धारणा बुझिदिन सञ्चार माध्यमहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *