केएमसीले पायो कलेजो प्रत्यारोपण गर्ने अनुमति

काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले (केएमसी) कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमतिपत्र पाएको छ ।

यस अघिसम्म केएमसीले मृगौला प्रत्यारोपण सम्बन्धी मात्र अनुमति पाएको थियो भने अब कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने अनुमति पनि पाएको छ ।

शुक्रवार स्वास्थ्य सेवा विभागले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ मेडिकल कलेजबाट दिइएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा यस संस्थालाई कलेजो प्रत्यारोपण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न अनुमति दिने गरी मिति २०८१/५/०७ मा निर्णय भएको जानकारी दिएको छ ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा ५ (१) बमोजिम उक्त अनुमति पत्र दिइएको विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार यो अनुमतिपत्र दुई वर्षसम्म बहाल रहनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *