प्रेस विज्ञप्ति

क्लासिक टेकको इन्टरनेट टिभी जडानमा ‘आधा तिरे पुग्छ !’ अफर सार्वजनिक

काठमाडौँ । क्लासिक टेकले ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ ।

चार्डपर्वहरुको अवसरमा सस्तो तथा भरपर्दो इन्टरनेट + आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।

यस अफरमा ग्राहाकहरुले वार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटंटिभी जडान गर्न सक्ने कम्पनीले जनाएको छ । ६ महिना पछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उक्त अफरमा १५० एम बि पी यस इन्टरनेट + टिभी २०० एम बि पी यस इन्टरनेट,टिभी र २०० एम बि पी यसमा २ आइपी टि.भी सम्मका प्याकेजहरू रहेका छन् । यसैगरि वाइफाई 6 भएको डुअल ब्याड राउटर ,स्मार्ट सेटटप बक्स साथै secondary राउटर पनि निःशुल्क उपलब्ध गराएको छ ।

खास गरी १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टि.भी जडानमा महँगो तिरिरहेका ग्राहकहरूका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले जडान खर्च निःशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टि.भी को लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने जनाएको छ । अफर दसैँ तिहार र छठ सम्म रहने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *