नेपाल शैक्षिक परामर्श संघ मकवानपुरको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ मकवानपुर शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

प्रथम अधिवेशनबाट बेल प्रसाद खतिवडाको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको छ ।

प्रथम अधिवेशनबाट अध्यक्षमा बेल प्रसाद खतिवडा, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव मनिष अधिकारी, कोषाध्यक्ष किशोर आर्यल निर्वाचित भएका छन् ।

अन्य सदस्यहरुमा सुरज घलान, शिव कुमार श्रेष्ठ, गुण राज थिगं, उमेश हुमागाई र नविन राज सापकोटा निर्वाचित भएका छन् ।

अधिवेशनमा निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरू लगायत कार्यसमितिलाई अध्यक्ष खतिवडाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *