प्रेस विज्ञप्ति

दसैँमा सि.जी का साना घरायसी सामाग्रीहरूमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौँ । नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दसैँमा १० अफर’ ल्याएको छ ।

यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरूले १० – १० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर सि.जी का साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सि.जी का कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ।

यो योजना सि.जी. का हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।

यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *