प्रेस विज्ञप्ति
ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
मकालु खबर
२०८१ असोज ४ गते
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिवारका दिनमात्र लागू हुने बैंकले जनाएको छ ।
बैंकले ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याउने गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
मकालु खबर
२०८१ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित