‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौँ । बलिउड फिल्म ‘स्त्री २’ को गीत ‘आज कि रात’, ‘आयी नही’ का कोरियोग्राफर जानी मास्टर पक्राउ परेका छन् ।

साइबराबाद प्रहरीले उनलाई यौन दुर्व्यवहारको आरोपमा बिहीबार गोवाबाट पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार २१ वर्षीय युवती कोरियोग्राफरले उनी विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । ती युवतीले जाहेरी दिएपछि जानी मास्टरलाई पक्राउ गरिएको हो ।

ती युवतीले केही वर्षदेखि आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै कोरियोग्राफर जानी मास्टरविरुद्ध हैदराबादको नरसिंगी पुलिस स्टेसनमा सेप्टेम्बर १६ मा जाहेरी दर्ता गराएकी हुन् ।

जाहेरीमा युवतिले आउटडोर सुटिङका क्रममा जानी मास्टरले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् ।

जानी मास्टरले ‘स्त्री २’ को गीत ‘आई नही’, ‘पुष्पा’ को गीत ‘श्रीवल्ली’ लगायत गीत कोरियोग्राफी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *