प्रेस विज्ञप्ति

सिड्स फर द फ्युचर : नेपाली विद्यार्थीहरूद्वारा चीनको परिवर्तनकारी यात्राको सुरुवात

काठमाडौँ । ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने ह्वावेले जनाएको छ ।

यस कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । जसले युवा विद्यार्थीहरूलाई डिजिटल नवीनता र सामाजिक समृद्धिमा योगदान पुर्याउन सहयोग पुग्ने ह्वावेले जनाएको छ ।

कडा प्रतिस्पर्धा र मूल्याङ्कन प्रक्रियापछि यी ६ विद्यार्थीहरू, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल, र समृद्धि कार्की, ३०० भन्दा बढी आवेदकहरूका मध्यबाट विजेता बनेका हुन् ।

ह्वावेका अनुसार उनीहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गुड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्वस्तरीय तालिम, मार्गदर्शन, र वास्तविक व्यावसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्नेछन् ।

चीनमा हुने यस क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ, र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । साथै उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यावसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिनेछ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागीता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त, सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने, र तीव्र प्रविधि विकाससँग जोडिएको संसारको निर्माणमा आइसिटिको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्ने जनाएको छ ।

यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आइसिटी प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको, नवीनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको ह्वावेले जनाएको छ ।

सिड्स फर द फ्युचरको बारेमा नेपालमा यो कार्यक्रम २०१९ मा सुरु भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौँ विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ ।

सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी (CSR) प्रयास अन्तर्गत, २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् । नेपालमा, यो कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू, र अन्तिम अन्तर्वार्ता समावेश छन् । क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, फाइभ जी, र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *