प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच शुक्रवार भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *