वेस्ट बैंकमा इजरायली सेना गरे तीन प्यालेस्टिनीको हत्या
मकालु खबर
२०८१ असोज ५ गते
काठमाडौं । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीकाे हत्या गरेकाे छ । इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ । हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
अक्टोबर ७, २०२३ मा गाजा पट्टीमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि वेस्ट बैंक तनावमा छ ।
मकालु खबर
२०८१ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित