संसार तेस्रो विश्वयुद्धको संघारमा छ, हामीले उपयोग गर्न जानेनौँ भने ठुलो दुर्घटनामा जानसक्छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नयाँ शीतयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औँल्याइरहेको बताए । उनले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताए ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताए । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरू भइरहेको बताए । उनले अहिले संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको बताए ।

उनले भने ‘यतिबेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढंगले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाइँ वा इरान र इजरायलको बीचमा कति बेला विस्फोट हुन्छ थाहा छैन । अहिले संसार तेस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि सुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि असुरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको छ । श्रीलङ्का, बङ्गलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपाललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठुलो अवसर छ, हामीले जानेनौँ र सकेनौँ भने निकै ठुलो दुर्घटनामा पनि जानसक्छ । नयाँ शीतयुद्ध चलिरहेको र यसको केन्द्रबिन्दु नेपाल पो हुने हो की भन्ने कतिपयले भनेका छन् । अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरू केही समय यता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठुलो दलको सरकार प्रायः बनाउँदैनन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको उल्लेख गरे ।

प्रतिक्रिया

One thought on “संसार तेस्रो विश्वयुद्धको संघारमा छ, हामीले उपयोग गर्न जानेनौँ भने ठुलो दुर्घटनामा जानसक्छौँ : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *