निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी : कोष

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषसम्बन्धी सम्मेलनको दोस्रो दिनको छलफल फलदायी भएको कोष  बताएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको छलफलमा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएको जानकारी दिए ।

उनले शुक्रवारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) हरूको ३६ औं सम्मेलनको दोस्रो दिन वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखेको बताए । उनले प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा।युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरेको जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने वक्ताहरुले धारणा राखेको बताए । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने वक्ताहरूले धारणा राखेको घिमिरेले बताए ।

उनले कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सज्ञका सहभागीहरूले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेको पनि बताए । उनले छलफलमा कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिट, मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकलेसाना तथा मझौला उद्योग (एसएमई) मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको उल्लेख गरेको बताए ।

नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासहरूका विषयमा छलफल भएको थियो । छलफलमा जापान फाइनान्स कर्पोरेसन (जेएफसी) का वरिष्ठ अर्थशास्त्री योहेई यामागुची, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्त्वपूर्ण भएको बताए ।

नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको पनि वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरेका थिए । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायहरूको उपस्थिति रहेको छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *