लेजेन्ड्स लिग नखेल्ने पारसको घोषणा

काठमाडौं । शुक्रबारदेखि सुरु भएको लेजेन्ड्स लिगमा पारस खड्का सहभागी नहुने भएका छन् ।

१२ लाख ५ हजार भारतीय रुपैयाँमा गुजरात टिममा बिक्री भएका पारसले व्यक्तिगत कारण देखाउँदै लिग नखेल्ने बताएका हुन् ।

नेपाल क्रिकेट संघका सचिव तथा नेपालका पुर्वकप्तान समेत रहेका खड्काले लिग खेल्न जान नभ्याउने जनाएका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनको तयारी र क्यानको वार्षिक साधारण सभामा व्यस्त हुने भएपछि पारसले लेजेन्ड्स लिग नखेल्ने मनसाय बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *