स्वर्णिमसहित रास्वपाका १४ नेताहरू चीन प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेसहितको टोली चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा सांसद तथा उपसभापति वाग्ले, सांसद मनिष झा, असिम साह, शिशिर खनाल, डा.तोसिमा कार्की, गणेश पराजुली रहेका छन् ।

सांसदसँगै टोलीमा पार्टीका नेताहरू पनि गएका छन् ।

बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ शनिवार चिन गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *