कोप-२९ लाई उपलब्धिमूलक बनाइन्छ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप २९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

उनले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हासिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताए । उनले थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए । उनले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताए ।

उनले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरू लागेको बताए । कोप २९ लाई विगतका कोपहरू भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताए ।

उनले भने ‘अबको कोपलाई नेपालका एजेन्डाहरू र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हासिल गर्नसक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ । थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ । प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्वपूर्ण छ । कर्णालीलाई पनि प्रतिनिधित्वबाट छुटाउनु हुँदैन भन्नेकुरा आएको छ । यो स्वागतयोग्य छ । कर्मचारीको संख्या धेरै भयो भन्नेकुरा आएको छ, त्यो पनि हामी सल्लाह गर्नेछौँ । यहाँहरूले दिएका सुझावलाई गहनताका साथ लिएका छौँ । कोप २९ लाई विगतका कोपहरू भन्दा अत्यन्तै व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गर्नेछ । समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वयन गर्नेकुरा राख्न चाहन्छु ।’

मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *