चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘आँखा’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार निर्माण कम्पनी लामा सिनेमाजले ट्रेलर युट्युबमा रिलिज गरेको हो ।

चलचित्रमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताको मुख्य अभिनय रहेको छ । ट्रेलरमा बागमती नदी किनारको सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसको कथालाई देख्न सकिन्छ । घर सम्पत्तिविहीन दम्पतीले जीविकोपार्जनको लागि गर्नुपरेको सङ्घर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ ।

फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयको रहेको छ ।

चलचित्रमा निर्देशक जौन योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता छन् । सह–निर्मातामा रेनुका कार्की ढोली छिन् । फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ ।

चलचित्र ‘आँखा’ आउँदो शुक्रवार रिलिज हुन लागेको हो ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *