एरिकाले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौं । कराते खेलाडी एरिका गुरुङले एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । उनले प्राप्त गरेको रजत ऐतिहासिक हो ।

च्याम्पियनसिपमा यसअघि शुक्रवार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन् ।

चीनमा आज सम्पन्न २० औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकिन् ।

उनी फाइनलमा भियतनामकी एनगोवान नुगेनसंग एरिका ६–० ले स्तब्ध भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *