गृह मन्त्रालयले प्रहरीलाई पठायो सहकारी प्रतिवेदन

काठमाडौं । सहकारी ठगी छानबिन विशेष समितिको प्रतिवेदन प्रहरी प्रधान कार्यालय पुगेको छ ।

आइतबार गृह मन्त्रालयले सहकारीको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई परिपत्र गरेको हो ।

सरकारको निर्णयअनुसार प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रीपरिषद् बैठकले नै समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । अब गृह मन्त्रालयको परिपत्रसँगै कारबाहीका लागि नाम सिफारिस भएकाहरू माथि अनुसन्धान गर्ने बाटो खुलेको छ ।

सहकारी छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *