दुर्गा प्रसाईंले भने – पक्रे जस्तो नगर्नुस् न,म आफैं चढिहाल्छु नी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारीलाई जसरी आफुलाई पक्राउ नगर्न आग्रह गरेका छन् ।

पक्राउ परेपछि उनले भने,‘पक्रे जस्तो गरेर नगर्नुस् न,म आफैं चढिहाल्छु नी । यार भ्रष्टाचारीलाई गरेजस्तो नगर्नुस् न’। उनले एक थोपा रगत हुञ्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसंग लड्ने समेत बताए ।

उनलाई पक्राउ गर्न आइतबार प्रहरी भक्तपुरस्थित उनकै घरमा पुगेको थियो । प्रसाईंले गेट नखोलेपछि कम्पाउण्ड भित्र प्रहरी पसेर उनलाई नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो जिल्ला अदालत काठमाडौं गएको थियो । अदालतले पक्राउ अनुमति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

साइबर ब्युरो पुर्‍याएको केही समयपछि प्रसाईंलाई अदालत लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *