प्रेस विज्ञप्ति 

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जङ्गल भिल्ला रिसोर्टमा १५% सम्मको छुट 

काठमाडौँ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रा. लि. (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *